Latest Post

काठमाडौं, ३० असोज– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण भएको छ ।

गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए । तर, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरणको घोषणा हुँदा गच्छदार भावुक भएका थिए । उनले १० वर्षसम्म आफू कांग्रेस बाहिर भएपनि पुरानो घरमा समाहित आउन पाउँदा खुसी लागेको भन्दै भावुक भए ।

तत्कालिन राजनीतिक परिस्थितिमा आफू पार्टी छोड्नुपरेको घटना र  बेटा नजाउँ भन्दा भन्दै गएको स्मरण गर्दै उनी भावुक भए। उनले साथीहरु अर्जुरनरसिंह केसी र चक्र वास्तोलाले हात समाएर पार्टी नछोड भनेको पनि बिजय कुमार गच्छदारले स्मरण गराए।

मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न भइरहेको भन्दै यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य बनाउन दुबै पार्टी एक भएको पार्टी एकता घोषणामा सार्वजनिक गरिएको समझदारीपत्रमा उल्लेख छ ।

– रमेश लम्साल

काठमाडौँ, ३० असोज।

नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।

आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागेको हो ।

विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९१ प्रतिशत सम्पन्न भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको छ ।

गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ । काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खण्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहनसक्छ ।

‘आगामी दिनमा जसरी भए पनि विद्युतीय सवारीमा जानै पर्छ । नागरिकलाई सचेतता अपनाउन पनि प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न लागेको हो ’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउछन ।

तर विद्युतीय सवारीको अवस्थामा भने नेपालको राम्रो रेकर्ड छैन । चल्दा चल्दैको ट्रली बसको कुनै संरचना पनि काठमाडौँमा छैन । जेनतेन सफा टेम्पो राजधानीमा चलिरहेको छ । केही समय अघि सम्पन्न नाडा अटो सोमा समेत विद्युतीय सवारीको प्रदर्शनी गरिएको थियो । नागरिक क्रमशः विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् ।

बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले पनि विद्युतीय सवारी साधनको बिक्री तथा प्रयोगमा विशेष ध्यान दिने लक्ष्य राखेका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा संघको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा बिक्री वितरण हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँमा चिनियाँ विद्युतीय बस चलाउने योजना अगाडि सारे पनि त्यसको कुनै प्रक्रिया नै शुरु हुनसकेको छैन । महानगरले रु पाँच करोड रकम विद्युतीय बसका लागि छुट्ट्याइएको थियो । तर प्रक्रिया शुरु नहुँदा कुनै ठोस् प्रगति हुनसकेको छैन ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नेको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरेका हुन् ।
नेता लेखकले वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताउदै भने,‘काँग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चाएतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ।’
आगामी केन्द्र र प्रदेश सभामाको निर्वाचनमा काँग्रेस एक्लै बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने दाबि गरे ।
वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थिहरु उभिएको बताए ।
उनले भने,‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भैसकेको स्थितिमा नोपलमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी क्यूनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्य भन्दा बाहिर जानु हो।’
त्यस्तै कार्यक्रममा एमाले सचिव भिर्माजुन आचार्यले वाम एकताबाट काँग्रेसलाई नडराउन आग्रह गरेका छन् ।
वाम एकताले राजनीतिक स्थायित्व गर्ने दावि गर्दै सचिव आचार्यले लोकतान्त्रीक मुल्य र मान्यताका आधारमा मुलुकको विकास गर्नेमा एमाले अघि बढेको बताए ।
वहुदलिय जनवादमा पुग्ने नेपालका कम्युनिष्टहरुको एउटै बाटो भएको भन्दै एमाले र माओवादीबीच एकताको वहस सुरु भएको जानकारी दिए।
उनले भने,‘नेपालका सबै कम्युनिष्टहरुको बाटो, लक्ष्य एउटै हो, बहुदलिय जनवादको लक्ष्यमा पुग्नको लागि नेपालका सबै कम्यूनिष्टहरु एक जुट हुनुपर्छ, ५ वर्षभित्र एमालेको नेतृत्वमा मुलुक विकासको पथमा हिड्छ, त्यो समयमा एमाले पार्टी जनताको पक्षमा काम गर्यो भने, फेरी जनताले पत्याउछन्, नत्र भने जनताले बहिष्कार गर्छन।’
नेपालमा कम्युष्टि शासन सम्भव नभएको भन्दै लोकतान्त्रिक प्राणालीबाट मुलुकलाई समृद्धि बनाउनेमा एमाले प्रतिबद्ध रहेको बताए।

काठमाडौं, ३० असोज– संसद विघटन हुने साँझ पद तथा गोपनियताको सपथ खाएका राप्रपाका मन्त्रीहरु अहिलेसम्म मन्त्रीको हैसियतामा सिंहदरबार पस्न पाएका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी नदिँदा उनीहरु सिंहदरबार प्रवेश नगरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दिलनाथ गिरी, विक्रम पाण्डे र जयन्त चन्दलाई शनिबार मन्त्री गरेका थिए । भने थप ४ जनालाई राज्यमन्त्रीको पनि बनाएका थिए । तर, देउवाले जिम्मेवारी नदिएपछि अहिलेसम्म उनीहरु मन्त्रालय जान नपाएका हुन् । उनीहरु अहिले बधाई थाप्नमा मात्र सीमित भएका छन् । यस्तै मन्त्रालयमा बसेर महत्वपूर्ण कार्यसम्पादन गर्नुपर्ने उनीहरु अहिले घरमै आरामका साथ बसिरहेका छन् ।

राप्रपाका महामन्त्री तथा विनाविभागिय मन्त्री जयन्त चन्दले जिम्मवेवारी नपाएकाले अहिले आफू घरमै रहेको बताए । चन्द जस्तै सबै मन्त्रीको अवस्था यसभन्दा फरक रहेको छैन ।
मन्त्रीहरुले केहि दिनमै जिम्मेवारी पाउने विस्वास समेत व्यक्त गरे ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीको बर्हिगमन चाहेका छन् ।

तर, माओवादी केन्द्रले सरकारबाट नबाहिरिने बताएको छ ।

काठमाडौं, ३० भदौ – नेपाल लोकतान्त्रीक फोरमका अधिकाश केन्द्रिय सदस्यहरु काँग्रेसमा सहभागि नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन।
सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’
थापाले अघि थपे,‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नु भयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ।’
मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’
पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंत्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’


काठमाडौँ, ३० असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् ।

दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताइन् ।

राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली काँँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गर्नुभएको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उहाँले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिनुभएको बताए ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पु¥याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित नौ दलका नेताहरु सम्मिलित थिए ।
यस्तै, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget