कांग्रेस नुवाकोटमा प्रदेशतर्फ दाहाल शशक्त उमेद्वार

नुवाकोट, २५ असोज । 
प्रदेश सभा र प्रतिनीति सभा सदस्यको निर्वाचन मिति नजिकिएसंगै दलका उमेदवारहरुको पनि चर्चा चल्न थालेको छ । नुवाकोट काँग्रेसमा पनि निर्वाचनको माहोल तातिएको छ । नुवाकोटको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ मा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले युवा नेता शिव दाहालको नाम उमेदवारका रुपमा केन्द्रमा सिफारिस गरेसँगै चुनावी रौनक अझ बढेको छ । 
विद्यार्थि राजनीतिहुँदै नेपाली काँग्रेसको जिल्ला पार्टी समेत भएका दाहाल जिल्लामा स्वच्छ छवी भएका नेताको रुपमा चिनिन्छन । कार्यकर्ता माझ प्रिय रहेका नेता दाहालले क्षत्रिय सचिव हुँदा पनि राम्रो काम गरेको कांग्रेस कार्यकर्ताहरु बताउछन् ।  निडर र जनताको भावना बुझ्ने नेताका रुपमा जिल्लामा चर्चित दाहालले उमेदवारको रुपमा पार्टीले आँफुलाई अघि सार्नु पार्टीप्रतिको निरन्तरको क्रियाशिलताको मुल्यांकन ठानेका छन । यद्यपि दाहालसँगै अन्य केही नेताको नाम पनि प्रदेशसभा सदस्यका लागि केन्द्रमा सिफारिस भएको छ । जिल्ला पार्टीले आँफुले पार्टीमा गरेको योगदानको उच्च कदरगर्दै केन्द्रमा सिफारिस पठाएकोले पार्टी केन्द्रले आफ्नो नाम अनुमोदन गर्नेमा उनी ढुक्क छन ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget