यसरी मनाइयो तेश्रो संविधान दिवस

काठमाण्डौं, ३ असोज ।
सरकारले शान्तिका प्रतिक परेवा जोडी उडाएर तेश्रो संविधान दिवस मनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा अध्यक्ष रहेको मूल समारोह समितिले मंगलबार सैनिक मञ्चमा गरेको कार्यक्रममा शान्तिका प्रतिक परेवा जोडी उडाएर संविधान दिवस मनाईएको हो । सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, कामु प्रधानन्यायाधीश दिपक राज जोशी र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शान्तिका प्रतिक परेवा जोडी उडाए ।

कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७४ लेखिएको नेपालको झण्डा प्रदर्शन गर्नुको साथै पुष्पवृष्टि सहित बेलुन उठाइएको थियो । त्यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीले कवाज र अन्य खेल कौशल प्रदर्शन गरेका थिए । संविधान दिवसको मुख्य कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी देखाईएको थियो ।
संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय सरकारी निर्णय अनुसार मंगलबार सार्वजनिक विदा दिइएको छ ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget