प्रदेश २ मा उत्साहपूर्वक मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो

काठमाडौं, २ असोज ।
प्रदेश नं.२ को स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । मतदान उत्साहपूर्वक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेको भएता पनि नागरिकले उल्लासमय ढंगले मतदानमा भाग लिएका छन । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवका अनुसार झण्डै ७३ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई(तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो ।

प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget