गौचन हत्याकाण्डमा विप्लवले मुख खोले

काठमाण्डौं, २५ असोज ।
नेपाल कम्यूनिष्ट पार्टीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रती दुख व्यक्त गरेको छ । पार्टीका महासचिव विप्लवद्वारा बुधवार जारी विज्ञप्तिमा गौचनको हत्याले देशमा नागरिकको सुरक्षाको अवस्था कतिसम्म भयावह रहेछ भन्ने प्रष्ट भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा घटनाप्रति गहिरो दुख व्यक्त गर्दै गोलीकाण्डका अपराधिहरुलाई कारवाही गरि पिडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
गौचनको हत्याकाण्डलाई मखौटा बनाएर सांग्रिला होटलका क्यासिनो मालिक राजेन्द्र बजगाँईले आफ्नो पार्टीका प्रवक्ता प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको भ्रामक समाचार फैलाई मानवअधिकार आयोगमा दिएको निवेदनप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ ।
मजदुरलाई ज्याला नदिने मालिकले आफ्नो पार्टीका प्रवक्तालाई जोडेर भ्रामक प्रचार गर्नु गम्भिर षडयन्त्र भएको नेकपाले जनाएको छ ।

हेर्नुस विज्ञप्ति


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget