मंसिर १० गतेको निर्वाचन सर्न सक्छ : कानूनमन्त्री थापा

काठमाडौं–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् ।
राधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन् ।
मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् ।
केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’
५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए ।
मन्त्री थापाले आफूहरुले दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई स्वभाविक रुपमा लिएको समेत बताए ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget